वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नविल बैंकद्धारा ‘मस्तिष्कघात स्वावलम्बन समूह’ लाई सहयोग

अर्थटुडे
२०७१ श्रावण ९, शुक्रबार

काठमाडौं । नबिल बैंकले मस्तिष्कघात स्वावलम्बन समूह–नेपाललाई २ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले पर्सा जिल्लामा मस्तिष्क पक्षघात भएका बाल बालिकाहरु र तिनिहरुको अभिभावकहरुलाई चिकित्सकीय सेवा, परामर्स तथा तालिम कार्यक्रम शुरुवात गर्ने छन् ।SGCP (27)

नबिल बैंकको तर्फबाट सहायक महाप्रबन्धक रमेश लोहनी र मस्तिष्क पक्षघात स्वावलम्बन समूह–नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमललाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सो अवसरमा लोहनीले उक्त रकम बराबरको चेक बिमल लाल श्रेष्ठलाई हस्तान्तरण गरे र मस्तिष्क पक्षघात स्वावलम्बन समूह–नेपालले आरम्भ गरेको यस्तो प्रशंसनीय कल्याणकारी कार्यमा सहभागी हुने अवसर प्रदान गरेकोमा समूहप्रति सन्तुष्टि व्यक्त गरे ।
श्रेष्ठले उक्त कार्यक्रम प्रभावकारी रुपमा संचालनका लागि आश्वासन दिएका थिए । मस्तिष्क पक्षघात भएको बाल बालिका तथा बयस्कका लागि उचित हेरचाह, सहुलियत र सहयोग पु¥याउने उद्देश्यले २८ बर्ष अगाडी मस्तिष्क पक्षघात स्वावलम्बन समूह–नेपाल स्थापित भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ