वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालको आर्थिक सामाजिक विकासमा भारतको सहयोग अपरिहार्य छ-प्रम कोइराला

अर्थटुडे
२०७१ श्रावण ११, आईतवार

काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालको चौतर्फी विकासमा भारतको सहयोग, सद्भाव र समर्थन अपरिहार्य भएको बताएका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपाल विकासको पथमा अग्रसर भएकाले त्यसमा भारतको सहयोग आवश्यक भएको बताएका हुन् ।

प्रम कोइरालाले नेपालको समग्र आर्थिक–सामाजिक विकासका निम्ति सरकारले अघि बढाउने विकास–निर्माणका काममा सक्दो सहयोग गर्न भारतसँग आग्रह गरेको बताएको छ । भारतीय विदेशमन्त्री स्वाराजले नेपाललाई भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । भेटवार्तामा भारतका विदेश सचिव सुजाथा सिंह, आर्थिक सहयोगसम्बन्धी सचिव सुजाता मेहता, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीलगायत दुवै मुलुकका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ