वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वि क्यु मोबाइलमा ‘किटक्याट अपरेटिङ सिस्टम’

अर्थटुडे
२०७१ श्रावण ११, आईतवार

काठमाडौं । होराइजन इन्टरप्राइजेजले किटक्याट अपरेटिङ सिस्टममा चल्ने एस ३७ मोडल बजारमा ल्याएको छ । बेला इन्टरनेशनलले बजारमा बिक्री बितरण गर्दै आएको बि क्यु मोबाइलका मोडलहरु मध्ये स्मार्टफोन एस–३७ यसअघि एन्ड्रोइड्र जेलिबिन अपरेटिङ सिस्टममा चल्ने गरेको थियो । नेपाली मोबाइलका उपभोक्तालाई ध्यान दिएर किट क्याट अपरेटिङ सिस्टममा परिबर्तन गरि बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

S37 Kitkatt-2 Pic
हङकङ, भारत, अफ्रिका र नेपालबाट आफ्नो बिक्री सुरु गरेको बि क्युले यो किटक्याट भर्सन ल्याएको हो । कम्पनीले नेपालमा कारोबार सुरु गरेको छोटो समयमानै ५ हजार भन्दा बढि एस ३७ मोडलको सस्तो ३ जि स्मार्ट फोन बिक्री गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक बिशाल आचार्यले जानकारी दिए ।
गुगल एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टम किटक्याटमा रमाउन चाहने नेपाली उपभोक्ताहरुमाझ लोकप्रिय हुने दाबी आचार्यको छ । यस अघि बिक्युको एस ३७ खरिद गरेको उपभोक्तालाई कम्पनीले निशुल्क अपरेटिङ सिस्टम किट क्याट राखिदिने भएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टमको पछिल्लो भर्सन किटक्याट हो ।
नेपालमा उपलब्ध किटक्याट अपरेटिङ सिस्टम भएका ३ जि स्मार्ट फोनहरुमा बिक्युको एस ३७ सबैभन्दा सस्तो भएको कम्पनीको दाबी छ । नेपालका बिभिन्न स्थानमा सर्भिस सेन्टरबाट अपरेटिङ सिस्टम किटक्याट राख्न सकिने र त्यसका लागि उपत्यकाका बिभिन्न मोबाइल पसल तथा न्युरोडको केशाप्लाजामा रहेको बिक्युको सर्भिस सेन्टर पोखरा, नारायणगढ, बिरगंज, इटहरी, बिर्तामोड र हेटौंडमा रहेका कम्पनीको सर्भिस सेन्टरहरुबाट गरिने ब्यबस्था मिलाइएको प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।
आउँदो आर्थिक बर्षमा ३० हजार भन्दा बढि एस ३७ मोडलको स्मार्टफोन बिक्रि गर्ने लक्ष कम्पनीले राखेको यो सेटको मुल्य ६ हजार ८ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एस ३७ मोडलको फोनमा ३.५ इन्च डिस्प्ले, थ्रिजी नेटवर्क,डयुअल सिम, १.२ गिगाहर्ज डुवल कोर प्रोसेसर, दुइवटा क्यामेरा,वाइफाइ, फ्लास लाइट रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ