वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोवल आईएमईको सेयरका लागि बोलपत्र खुल्यो, लिलाम बढाबढबाट साढे ३ लाख कित्ता बिक्री गरिने

अर्थटुडे
२०७१ श्रावण ११, आईतवार

काठमाडौ । ग्लोवल आईएमई बैंकले लिलाम बढाबढबाट साढे तीन लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । उक्त सेयरका लागि बैंकले गोप्य शिलवन्दी प्रस्ताव आव्हान गरेको छ । ग्लोबल आईएमई बैंक र कमर्ज एण्ड ट्रस्ट बैंक एक आपसमा गाभिएपछि बैंकमा सर्वसाधारणको सेयर हिस्सा कम भएपछि बैंकले सर्वसाधारणक लागि तीन लाख ४९ हजार ५ सय ९४ कित्ता सेयर बोलपत्रको माध्यमबाट बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्विकृती प्रदान गर्दै बैंकमा सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत कायम गर्न निर्देशन दिएको थियो ।

global-ime-bank
बैंकको जेठ १८ गते सम्पन्न साधारणसभा र धितोपत्र बोर्डको स्विकृतीमा बैंकले उक्त सेयर लिलामी गर्न लागेको हो । सेयरका लागि न्युनतम मूल्य १ सय ५३ रुपैयाँ तोकिएको छ ।

हाल ग्लोबलको सेयर बजारमा प्रतिकित्ता ७ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

सेयर खरिद गर्न चाहाने सर्वसाधारणले गोप्य शिलबन्दीबाट प्रस्ताव पेश गर्नुपर्नेछ । जसका लागि न्युनतम एक सय कित्ता र अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
बैंकको सेयर रजिष्टार ग्लोवल आईएमई क्यापिटलबाट बोलपत्र फारम लिन सकिने र साउन १८ गतेभित्र पेश गर्नुपर्ने बैंकद्धारा जारी सुचनाम जनाईएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ