वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइतबार नेप्से परिसुचक ५.१६ अंकले घट्यो

अर्थटुडे
२०७१ श्रावण ११, आईतवार

काठमाडौं । आइतबार नेप्से परिसूचक ५.१६ अंकले घटेर १०७३.९३ अंकमा झरेको छ । यो दिन समूहगत उपसुचक तर्फ बैकिङ, होटल, जलविद्युत र विमा समूहका सम्पुर्ण परिसुचक घटेका छन् भने विकास बैंक र फाइनान्स समूहको परिसुचक उकालो लागेको छ ।nepal stock exchange

आइतबार १ सय ४४ कम्पनीका १३ लाख २० हजार कित्ता सेयर ५६ करोड २० लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आइतबार सिन्धु विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक, हामा मर्चेन्ट फाइनान्स, मुुक्तिनाथ विकास बैंक र नेपाल बैंक कमाउने पाँच संस्थामा परेका छन् । भने प्रिमियर इन्स्योरेन्स, एस डेभलपमेन्ट बैंक, कास्की फाइनान्स, चिलिमे हाइड्रोपावर र ज्योति विकास बैंक गुमाउने १० संस्थमा परेको नेपाल स्टक एम्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ