वि.सं. २०८१ असार ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाणिज्य बैंकको सिन्धुपाल्चोक जलबिरे शाखा पुनःस्थापना

अर्थटुडे
२०७१ श्रावण ११, आईतवार

काठमाडौं । सिन्धुपाल्चोकको जलबिरेमा १३ वर्षपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनःस्थापना भएको छ । माओवादीको सशस्त्र द्वन्द्वकालमा सुरक्षाका कारण देखाई २०५८ सालमा काभ्रेको धुलिखेल शाखामा गाभिएको सो बैंक हालै पुनःस्थापना भएको हो । पुनःस्थापित शाखा बयोवृद्ध समाजसेवी गेदबहादुर थापाले शुभारम्भ गरे ।
२०३९ मा स्थापित सो शाखा सुरक्षाका कारण अन्यन्त्र लगिएपछि त्यस क्षेत्रका करिब दुई दर्जन गाविसका बासिन्दालाई बैंकिङ सुविधा लिन एकदिन लगाएर बाह्रबिसे तथा चौतारासम्म धाउनुपर्ने बाध्यता थियो । २०५८ मा लामोसाँघुस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा पनि धुलिखेल शाखामा गाभिएकामा हालसम्म पुनःस्थापना हुन सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ