वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विराटलक्ष्मीको संचालन नाफा करिब ११ करोड

अर्थटुडे
२०७१ श्रावण ११, आईतवार

काठमाडौं । विराटलक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७०\०७१ मा १० करोड ८८ लाख सञ्चालन नाफा कमाएको छ । उक्त अवधिसम्ममा बैंकले ३ अर्ब ८५ करोड ५५ लाख निक्षेप संकलन गरी २ अर्ब ३६ करोड ४५ लाख कर्जा लगानी गरेको छ ।

birartlaxmi dev bank

खाँदबारी डेभलपमेन्ट बैंक गाभिएपछि जेठदेखि २३ करोड ४६ लाख सेयर पूँजीसहित विराटलक्ष्मी १० जिल्लास्तरीय विकास बैंकको रुपमा स्तरवृद्धि भएको हो । बैंकको ५ करोड ४२ लाख खुद नाफा संचित छ ।

चालु आ.व २०७१\७२ मा बैंकले ४ अर्ब १९ करोड ५३ लाख निक्षेप संकलन तथा २ अर्ब ९६ करोड ४६ लाख कर्जा लगानी गर्ने लक्ष्य निर्धारण गरेको विकास बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुधिरकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ