वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीको पहलमा सामूहिक च्याउखेती

अर्थटुडे
२०७१ श्रावण १२, सोमबार

ललितपुर । जिल्ला कृषि विकास कार्यालय र चापागाउँ गाविसस्थित चम्पापुर कृषक सेवा सहकारी संस्थाको संयुक्त पहलमा सामूहिक च्याउखेती सुरु गरिएको छ । पाँचवटा प्लाष्टिकका टनेल निर्माण गरि च्याउखेती गरिएको जिल्ला कृषि विकासका योजना अधिकृत हरिप्रसाद पण्डितले जानकारी दिए ।

mushroom
योजनाका लागि जिल्ला कृषि विकास कार्यालयवाट छ लाख अनुदान उपलब्ध गराएको अधिकृत पण्डितले जानकारी दिए । एक लाख ५० हजारको लागतमा निर्माण गरिएको प्रत्येक टनेल चम्पापुर कृषक सेवा सहकारीका सदस्य रत्नबहादुर देशारले बताए ।

पाँचवटा टनेल निर्माण गरी च्याउखेती सुरु गर्नका लागि अन्दाजी आठ लाख ४० हजार लागेको सदस्य देशारले जानकारी दिए । हाल सो खेतीवाट करिब एक हजार ५०० किलो च्याउ टिपिसकेको छ ।

हाल त्यसबाट उत्पादित कन्ये च्याउलाई प्रतिकिलो १६० का दरले बजारमा बिक्री गरिरहेको छ । योजना पाँच वर्षसम्म सञ्चालन हुँदा लगानीको ५० प्रतिशत नाफा हुने संस्थाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ