वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेसबुकबाट व्यापारी धम्क्याएको आरोपमा पत्रकार पक्राउ

अर्थटुडे
२०७१ श्रावण १२, सोमबार

काठमाडौं । फेसबुकमार्फत व्यापारीलाई धम्क्याएको आरोपमा नेपाल समाचारपत्रका सहसम्पादक लेखनाथ अधिकारी पक्राउ परेका छन् । महानगरिय अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले आईतबार उनलाई पक्राउ गरेको हो ।

अधिकारीले फेसबुकबाट व्यापारीक घराना मुराका समूहसँग २ करोड ५० लाख रुपैयाँ माग्दै धम्क्याएको प्रहरी स्रोतले जनाएको छ ।
यसैगरी प्रहरीले नेपाल पत्रकार महासंघ ललितपुरका सदस्य गोकर्ण भट्टलाई समेत पक्राउ गरेको छ । प्रहरीले उनलाई स्वास्थ्य मन्त्रालयको एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, कन्ट्री कोअर्डिनेसन मेकानिजम सचिवालयका प्रमुख समेत रहेका भट्टमाथि गोप्य सरकारी सूचना चुहाएको आरोप लगाएको छ ।

साइबर क्राइमको अभियोगमा पक्राउ गरी थुनामा राखेको भन्दै पत्रकार महासंघले जानकारी माग गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ