वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तस्करीको अखडा बन्दै तातोपानी नाका, एक वर्षमा ६० किलो अवैध सुन पक्राउ

अर्थटुडे
२०७१ श्रावण १२, सोमबार

काठमाडौं । चीनसँग जोडिएको नेपालको सिमा नाका तातोपानी सुन तस्करीको अखडा बन्दै गएको छ । व्यापारघाटा कम गर्न भन्दै भारतले सुन आयातमा कडाइ गरेपछि भारतमा भएको उच्च सुनको मागलाई पुर्ति गर्नका लािग चिनबाट नेपालको बाटो हुदै भारतमा सुन लैजानका लागि तातोपानी नाका प्रयोग हुने गरेको हो ।

tatopani

चीनबाट नेपाल हुदै भारतको बजारमा पुर्याउनका लागि तातोपानी नाकाको प्रयोग बढ्दै गइरहेको सरकारी उच्च अधिकारीहरुको भनाई रहेको छ ।। पछिल्लोपटक आइतबार चीनको खासाबाट लुकाइछिपाई नेपाल भित्र्याउदै गरेको २० किलो सुन सहित लिस्ती ४ का दावा तामाङ पक्राउ परेका छन् । बा ६० प ३६२० नम्वरको मोटरसाइकलको कार्बोरेटरमा लुकाएर नेपाल भित्र्याउँदै गरेको सो परिणामको सुन विषेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

तातोपानी नाकाबाट नेपाल भित्र्दै गरेको सो परिणामको सुन अहिले सम्मकै ठूलो हो । सो सुन जिल्लाको फुल्पिङकटटी गाविसको चालर्चामा पक्राउ गरिएको सिमा प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक जसबहादुर तामाङले जानकारी दिए । सो सुनको परिणाम नेपाली बजारको अहिलेको सुनको मुल्य अनुसार ८ करोड ३२ लाख भन्दा माथिको मुल्य बराबरको रहेको छ ।

गत मंसिरदेखि यतामात्रै तातोपानी नाकाबाट राजधानीतर्फ अवैध रुपमा लुकाइछिपाइ लादै गरेको अवस्थामा ५९ किलो सुन प्रहरीले बरामद गरिसकेको छ । गत मंसिर १९ गते १७ किलो सुन तातोपानी नाका हुदै राजधानीतर्फ भित्र्दै गरेको सुन प्रहरीले विषेष सुराकीको आधारमा पक्राउ गरेको थियो ।

त्यसैगरी माघ १ गते ८ किलो, फागुन ३ गते ३ किलो, फागुन १६ गते १० किलो फागुनमा नै १ किलो र हिजो आइतबार २० किलो गरी ५९ किलो सुन बरामद भइसकेको छ ।

अहिलेसम्म पक्राउ गरेको सुन सरकारलाई बुझाइसकीएको तातोपानी भन्सार कार्यालयका प्रमूख भन्सार अधिकृत मिमांश अधिकारीले जानकारी दिए । त्यसैगरी सुन बोक्ने ११ जना नेपाली र चिनियाँ नागरिकलाई पक्राउ गरी जिल्ला कारागार चौतारामा पुर्पक्षका लागि पठाइएको पनि अधिकारीले जानकारी दिए ।

तातोपानी नाका हुदै तस्करहरुले सुन भारतमा पुर्याउने गरेको सरकारी उच्च अधिकारीहरुको दावी रहेको छ । भारतमा सुन आयात गर्दा भन्सार बढी लाग्नु र भारतसँग नेपालको खुल्ला सिमाना हुनु नै सुन तस्करीको मुख्य कारण भएको उनीहरुको निष्कर्ष रहेको छ ।

दैनिक सवा करोड भन्दा बढीको राजस्व संकलन गने तातोपानी भन्सार कार्यालयका कर्मचारीहरुको लारवाही र तस्करीसँगको मिलेमतोका कारण तातोपानी नाकामा सुन तस्करी बढ्दै गएको स्थानीय बासिन्दाको निष्कर्ष रहेको छ ।

शसस्त्र प्रहरीका एसपी लक्ष्मण बहादुर सिंह भन्छन्—प्रहरीसँग स्रोत र साधन अनि प्रविधिको अभावमा नियमित चेकजाँच गर्न नसक्दा तस्करीहरुले बहुमूल्य सामान राजधानी भित्र्याउने गरेको बताउँछन् । उनी भन्छन्—तातोपानी नाका हुदै मात्र हैन तस्करहरुले गाउँगाउँबाट पैदल गरेर बहुमूल्य अवैध सामान राजधानी भित्र्याइरहेका छन् त्यसैले नियन्त्रणमा कठिनाई भएको हो ।

यसअघि पनि तातोपानी नाका हुदै रक्क्तचन्दतलगायत बहुमूल्य जडिबुटीको अवैध निर्यात हुदै आएको थियो । बारम्बार तस्करी बढ्नुने तातोपानी भन्सारको सुरक्षामा प्रश्नचिन्ह खडा भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ