वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धरौटी बुझाउन नसकेपछि क्रिस्टल सहकारीका अध्यक्ष र सञ्चालक थुनामा

अर्थटुडे
२०७१ श्रावण १३, मंगलवार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मागेको धरौटी बुझाउन नसकेपछि तिनकुनेस्थित क्रिस्टल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामकुमार राई र संचालक अभिषेक राईलाई थुनामा पठाएको छ । उनीहरुमाथी सहकारीका एक हजार बचतकर्ताको ९ करोड रुपैयाँ भन्दा बढी निक्षेप ठगी गरेको आरोप छ ।

अध्यक्ष राम कुमार राई

अध्यक्ष राम कुमार राई

 

सोमबार कुल प्रसाद शर्माको एकल इजलासले राईद्धयलाई जनहि ५० ५० लाख धरौटी मागेको थियो । धरौटी बुझाउन नसकेपछि उनीहरुलाई जेल पठाइएको हो ।
क्रिस्टलका बचतकर्ताले रकम नपाएको भन्दै महानगरिय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा प्रहरीले राईद्धयलाई पक्राउ गरी अनुसन्धान गरी ठगी मुद्दा दायर भएको थियो ।

क्रिस्टललाई सहकारीको छानविन गर्न गठित गौरीबहादुर कार्की आयोगले समस्याग्रस्त घोषणा गरेको थियो । अध्यक्ष राईले क्रिस्टल गुप्रद्धारा प्रवद्धित भन्दै प्रलोभन देखाएर सर्वसाधारणबाट बचत संकलन गरी आफुखुसी संस्था संचालन गरेका थिए । संस्थाका संचालकहरु परिवार भित्रकै सदस्य रहेका छन् ।
सोही समूहले भक्तपुरमा गोर्खाली सहकारी, शान्तिनगरमा क्रिस्टल ग्रोसरीलगायतमा लगानी गरेको वेवसाईटमा उल्लेख छ ।

सरकारले अनुगमन र कारवाही प्रभावकारी बनाउन सहकारीमा ठगी बढ्दो छ । गौरीबहादुर कार्की आयोगले ११ अर्व रुपैयाँ सहकारीमा ठगी भएको प्रतिवेदन सरकारलाई बुझाइसकेपनि सरकारले कुनै कदम चालेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ