वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जानकी फाईनान्सको नाफा १२५ % बढ्यो, करिब ९ करोड खुद नाफा

अर्थटुडे
२०७१ श्रावण १३, मंगलवार

काठमाडौं । जानकी फाइनान्सले आर्थिक वर्ष २०७०\७१ मा ८ करोड ९५ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा यो १२५ प्रतिशतले बढी हो । कम्पनीले गरेको जोखिम व्यवस्थाको रकम फिर्ता हुनुका साथै आम्दानी समेत वृद्धी भएपछि नाफा बढेको हो । फाइनान्सले गत आर्थिक वर्षमा ३ करोड ९७ लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले असार मसान्तसम्ममा १ अर्व २० करोड रुपैयाँ निक्षेप संकलन गरी ९१ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

फाइनान्सको खुद ब्याज आम्दानी १० करोड ७१ लाख रुपैयाँ पुगेको छ । खराव कर्जा अनुपात ४.८९ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी ६१.२० रुपैयाँ , प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८.१७ गुणा रहेको छ ।
यसैगरी कम्पनीको सञ्चित तथा जगेडा कोषमा २५ करोड १५ लाख पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ