वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतसँग उर्जा व्यापार सम्झौता नगरे मुलुक झन् अन्धकारमा फस्छ: प्रधान

अर्थटुडे
२०७१ श्रावण १३, मंगलवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ उर्जा समितिका संयोजक ज्ञानेन्द्रलाल प्रधानले भारतसँग उर्जा व्यापार सम्झौता नभए मुलुक झन् अन्धकारमा फस्ने बताएका छन् ।

therकाठमाडौमा भएको एक साक्षात्कारमा प्रधानले अहिलेको अवस्थामा विद्युत व्यापार सम्झौता अत्यन्तै अपरिहार्य रहेको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमै सो सम्झौता हुनुपर्ने धाराणा राखे ।
उर्जा सम्झौता भनेको नेपालले भारतसँग माँग्ने मात्रै होईन्, दिने पनि हो त्यसैले यो उपयुक्त समयको सवैले सदुपयोग गर्नुपर्छ उनले भने— मुर्ख विज्ञहरुले मात्रै भारतसँग हुन लागेको विद्युत व्यापार सम्झौताको विरोध गरेका हुन् ।
प्रधानले नेपालले भारतसँग पीटिए नगरे मुलुक आर्थिक शून्यतामा झर्ने उनको दावी रहेको छ । सम्झौता नभए सन् २०१७ सम्म नेपालको प्रति वर्ष ६ सय करोड बराबरको विजुली खेर जाने बताउँदै प्रधानले पीटिए गर्दा मुलुकको निर्यात समेत बढ्ने बताए ।
उनले भने–सन १९९६ मा भएको सम्झौता पश्चात नेपालको निर्यात ४ गुणाले बढेको थियो । त्यसैले पनि नेपालको निर्यातलाई वृद्धि गर्न नयाँ सम्झौताको आवाश्यकत्ता रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ