वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२ अर्व रुपैयाँ बराबरको साधारण सेयर जारी गर्दै एचआइडीसीएल

अर्थटुडे
२०७१ श्रावण १४, बुधबार

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) ले दशैपछि २ अर्व बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले २० प्रतिशत मात्र सर्वसाधरणको लागि सेयर जारी गर्ने छ ।bik

सरकारले विषेष व्यवस्था गरेर स्थापना गरेको कम्पनी भएकोले उसले २० प्रतिशत सेयर मात्र सर्वसाधरणमा जारी गर्ने छ । नत्र अन्य जलविद्युत कम्पनीले ३० प्रतिशत साधारण सेयर जारी गनुपर्ने कम्पनी ऐनमा उल्लेख गरिएको छ ।
जलविद्युतमा मात्र लगानी गर्नका लागि सरकारले स्थापना गरेको सो कम्पनीले २०६९ साउन देखि कारोबार थालेको हो । हाल कम्पनीको चुक्तापुँजी ८ अर्व रहेको छ ।
साधारण सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी १० अर्व पुग्ने कम्पनीले जनाएको छ । सेयर जारी गर्नका लागि नेपाल धितोपत्रबाट अनुमतिका लागि प्रक्रिया सुरु भइसकेको छ भने बोर्डले अनुमति दिनासाथ सेयर निष्कासनको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

त्यसैगरी कम्पनीले निष्कासन तथा विक्रि प्रबन्धक नियुक्तिको प्रक्रिया पनि अघि बढाइएको छ । हालसम्म कम्पनीले ४ वटा आयोजनामा २ अर्व १० करोड रुपैयाँ विभिन्न जलविद्युत आयोजनामा लगानी गरिसकेको कारोबार दैनिकमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ