काठमाडौ । विमा समितिमा कार्यरत कर्मचारीहरुले चर्काएको आन्दोलन स्थगित भएपछि बुधबारदेखि विमा समिति खुलेको छ ।
१५ दिन देखि कर्मचारीहरुले विभिन्न माग राख्दै विमा समिति ठप्प पारेका थिए । आफ्नो आन्दोलनबाट विमा सेवाग्राही मर्कामा परेको भन्दै आन्दोलनकारीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
अर्थ मन्त्रालयले समितिमाथि छानविन सुरु गरिसकेकाले सो कार्यलाई सहयोग गर्न आन्दोलन स्थगित गरिएको संघले जनाएको छ ।
व्यवस्थापनले कर्मचारीसँग गरेको सम्झौता अक्षरस पालना गर्नुपर्ने भन्दै गत असार नौ गतेदेखि कर्मचारीहरु आन्दोलित थिए ।
प्रतिक्रिया