वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालिञ्चोकको ४ लाख ९० हजार कित्ता साधारण सेयर आउदै

अर्थटुडे
२०७१ श्रावण १५, बिहीबार

काठमाडौं । कालिञ्चोक डेभलपमेन्ट बैंकले सर्वसाधारणलाई छुट्याएको ४ करोड ९० लाख रुपैयाँ बराबरको ४ लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । हाल  ५ करोड १० लाख पुँजी रहेको बैंकको उक्त सेयर निष्कासनपछि पुँजी १० करोड पुग्नेछ ।

Kalinchowk Development Bank Logo
साउन २१ गतेदेखि बिक्री खुल्ला हुने सेयर छिटोमा साउन २७ गते र ढिलोमा भदौ ५ गते बिक्री बन्द हुनेछ । सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।
निष्काशन तथा विक्री प्रवन्धकमा ग्रोमर मर्चेन्ट बैंक रहेको छ ।

सर्वसाधारणले विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा बैंकको सेयरका लागि दरखास्त बुझाउन सक्नेछन् । ग्रोमोर मर्चेन्ट बैंकर, कालिञ्चोक डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, साझा विकास बैंक, काँक्रेबिहार विकास बैंक, लक्ष्मी क्यापिटल मार्केट र गुडविल फाइनान्समा दरखास्त फारम बुझाउन सक्नेछन् ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा बैंकले ४ नम्बर पाएको छ । इक्राले एक देखि पाँच नम्बर दिन्छ । जसमा एक नम्बर अत्यन्तै बलियो हो भने पाँच नम्बर कमजोर हो ।

आर्थिक वर्ष २०७०\०७१ चैत मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले १८ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको कोषमा ३६ लाख २० हजार रहेको छ ।

दोलखा जिल्लामा प्रधान कार्यालय रहेको बैंकको कार्यक्षेत्र दोलखा, सिन्धुली र रामेछाप गरी तिन जिल्ला कार्यक्षेत्र रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ