वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किष्ट र प्रभुलाई मर्जरको स्विकृती, दुई साताभित्र प्रभु बैंकको नाममा एकिकृत कारोबार

अर्थटुडे
२०७१ श्रावण १६, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले किष्ट बैंक र प्रभु विकास बैंकलाई मर्जरका लागि अन्तिम स्विकृती प्रदान गरेको छ । केन्द्रीय बैंकबाट अन्तिम स्विकृती पाएपछि दुई साताभित्र प्रभु बाणिज्य बैंकको नाममा एकिकृत कारोबार थाल्ने तयारी भएको छ । यसअघि चालु आर्थिक वर्षदेखि नै एकिकृत कारोबार थाल्ने तयारी भएपनि स्विकृती पाउन ढिला भएकाले हुन सकेको थिएन ।

Kist bank

राष्ट्र बैंकको विहिबार बसेको संचालक समितिको बैठकले किष्ट, प्रभु, गौरीशंकरका साथै जेनिथ फाइनान्स मर्जरका लागि अन्तिम स्विकृती दिएको हो ।
मर्जरपछि एकिकृत कम्पनीका ३ अर्व ८ करोड पुँजी हुनेछ । यसैगरी १ सय १२ शाखा र १ सय भन्दा बढ एटिएम काउन्टर हुनेछ ।

नयाँ बैंकको अध्यक्षमा प्रभुका अध्यक्ष देवी प्रकाश भट्चन रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्सार र नायव प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन रहने सहमति भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ