वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिलायवलको डेभलपमेन्टको कारोबार सुरु

अर्थटुडे
२०७१ श्रावण १६, शुक्रबार

काठमाडौं । रिलायवल, शुभलक्ष्मी फाइनान्स तथा कञ्जुमर डेभलपमेन्ट बैंक एक आपसमा मर्ज भई बनेको रिलायवल डेभलपमेन्ट बैंकले कारोबार सुरु गरेको छ । शुक्रबार गर्भनर डा युवराज खतिवडाले बैंकको उद्घाटन गरे ।

मर्जपछि बैंकको चुक्ता पुँजी ६८ करोड २७ लाख रुपैयाँ भएको छ । बैंकको निक्षेप ४ अर्ब ६२ करोड, कर्जा ३ अर्ब ५० करोड र शाखा १६ वटा पुगेका छन् ।
बैंकले रिलायवल रेमिट सञ्चालनमा ल्याएको छ । रेमिटका देशभर करिब २६ सय एजेन्ट छन् भने लमजुङको बेंशीसहरमा रिलायवल माइक्रो फाइनान्स सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ