वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सात ईन्चको स्क्रिन भएको नेटबुक सिरिजको कलर्स मोवाइलहरु बजारमा

अर्थटुडे
२०७१ श्रावण १७, शनिबार

काठमाडौं । कलर्स मोवाईलले चर्चित नेटबुक सिरिजको नयाँ एक्स टि ७५१ र एक्स टि ७२१ नामक स्मार्ट सेटहरु बजारमा ल्याएको छ ।XT721 ID no logo

सात ईन्चको आईसिएस एचडि नामक आकर्ष स्क्रिन भएको यो सेटमा पछिल्लो समयको निकै प्रख्यात १.२ गिगा हर्ज क्वाड कोर प्रोसेसर युक्त प्रविधि रहेको छ । ४.४ एनड्रोइड ओ.एस र आठ जिबी ईन्टरनल मेमोरि रहेको यो मोवाईल सेटमा ओ.टि.जी केबलका साथै थ्री.जी र टु.जी दुबै सिम लगाउन सकिने छ ।

३५०० एम.ए.यच मेगा हर्जको व्याट्रि पावर भएको “ ह्त्ठछज्ञ” मोडलको यो सेटे लामो समयसंग व्याट्रि टिकी रहोस भन्ने चाहाना राख्ने उपभोत्ताहरुको लागि बढि उपयोगि हुने छ । फ्रन्ट र व्याक क्यामेरा भएको यो मोवाईको खरिदमा एउटा छालाबाट बनेको कभर र एनसेलको ९०० एमबिको निशुल्क डाटा पाउन सकिने छ ।
यस्तै एक्टी ७२१ मेडलको अर्को नेटबुक फोनमा १.३ गिगा हर्जको ड्युल कोर प्रोसेसर र ४.२.२ ओएस सिस्टमको प्रविधि रहेको छ । ८ जीवि ईन्टरनल मेमोरी भएको यो सेटमा पनि थ्री.जी र टु.जी दुबै सिम लगाउन सकिने छ ।
२८०० एम.ए.यच मेगा हर्जको व्याट्रि पावर भएको “ ह्त्ठद्दज्ञ” मोडलको यो सेटेमा पनि फ्रन्ट र व्याक क्यामेरा रहेको छ ।यसको खरिदमा एउटा छालाबाट बनेको कभर र एनसेलको ९०० एमबिको निशुल्क डाटा पाउन सकिने छ ।
यी दुबै नेटफोनमा वाईफाई, व्लु टुथ, प्रक्सिमिटी, एस्सिलेटर, लाईट सेन्सर, जि सेन्सर, कम्पास सेन्सेर, वाप, एड्ज, जिपिआरएस, म्युजिक प्लेयर र भिडियो प्लेयर जस्ता अत्याधुनिक प्रविधि रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ