वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मोदीद्धारा दुइ प्रतिशत व्याजदरमा एक खर्व बराबरको सफ्ट लोन उपलव्ध गराउने घोषणा, तीनवटा समझदारीमा हस्ताक्षर

अर्थटुडे
२०७१ श्रावण १८, आईतवार

काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई एक खर्व रुपैयाँ बराबरको सफट लोन दिने घोषणा गरेका छन् । आइतबार व्यवस्थापिका संसदमा संबोधन गर्दै मोदीले नेपाललाई सो सफ् लोन उपलव्ध गराउने बताएका हुन् ।narendra_modi1

उनले सो रकम नेपालले आफ्नो प्राथमिकतामा आधारमा खर्च गर्न सक्ने बताएका हुन् । सहुलियत कर्जाको व्याज वार्षिक करिब दुई प्रतिशत मात्र हुने पनि उल्लेख गरिएको छ ।
नेपाल भारतबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा सो सम्झौता भएको हो । त्यसैगरी महाकाली नदीमा प्रस्तावित पञ्चेश्वर वहुउद्देश्यीय आयोजनाको बिस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने पनि सहमति भएको सरकारले जनाएको छ ।

जलविद्युत, सिञ्चाइ र माछापालन गरि तीन उद्देश्यले १९ वर्ष अघि नै पञ्चेश्वर निर्माण गर्ने लक्ष्य राखिएको थियो । त्यसैगरी नेपाल टेलिभिजन र भारतीय दूरदर्शनबीच सम्बन्ध विस्तारको सम्झौता भएको नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईले जानकारी दिए ।

भारतले नेपालमा आयोडिनयुक्त नुन वितरणका लागि ११ करोड रुपैयाँ बराबर सहयोग गर्ने सम्झौता पनि भएको छ। आयोनुन वितरणका लागि भारतले बर्षेनी नेपाललाई सहयोग गर्दै आएको छ।  उक्त तीन संझौतमा हस्ताक्षर भएपछि दुबै प्रधानमन्त्रीले हुलाक टिकटमा संयुक्त टाँचा पनि लगाएका छन्।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ