वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उत्पादनशिल उद्योगलाई ९ प्रतिशतमा ऋण, बैंकहरुले ४ % मा पुनरकर्जा पाउने

अर्थटुडे
२०७१ श्रावण १८, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट पुनकर्जाको सुविधा लिएका बैंक तथा वित्तिय संस्थाले ऋणीहरुबाट ९ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने भएका छन् ।

nepal rastra bank
नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिदै उत्पादनमुलक क्षेत्रमा लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई ४ प्रतिशत व्याजदरमा पुनरकर्जा उपलब्ध गराउने र उनीहरुले ऋणीबाट ९ प्रतिशत व्याजभन्दा बढी नअसुल्न भनेको छ ।
यसअघि बैंकहरुले ५ प्रतिशतमा उत्पादनमुलक उद्योगका लागि राष्ट्र बैंकबाट पुनरकर्जा पाउने गरेका थिए । केन्द्रिय बैंकले मौद्रिक नीति मार्फत नै पुनकर्जामा व्याजदर घटाउने निति लिएको थियो ।

राष्ट्र बैंकको व्याजदर घटेपछि अब विदेशबाट फर्केका युवाहरुका साथै सर्वसाधारणले उत्पादनमुलक उद्योग खोल्न चाहेमा बैंकहरुबाट अधिकतम ९ प्रतिशतको हाराहारीमा कर्जा पाउने भएका छन् ।

जलविद्यत परियोजना, कृषि क्षेत्र, पशुपालन तथा मत्सपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरुले गर्ने उद्योग व्यवसाय, उत्पादनमुलक उद्योग, पर्यटन व्यवसाय र भौतिक पूर्वाधार निर्माण उद्योगमा प्रवाह भएको असल धितो कर्जामा राष्ट्र बैंकले बैंकहरुले पूर्नकर्जा दिनेछ ।

उत्पादनमूलक उद्योगमा चुरोट, सुर्ति तथा मदिरा उद्योगमा प्रवाह हुने कर्जामा भने यस्तो सुविधा नरहेको केन्द्रीय बैंकले जनाएको छ । यसैगरी भौतिक पूर्वाधार उद्योग अन्र्तगत सडक, पुल, राप वे, ट्रलीबस, ट्रनेल फ्लाईङ ब्रिज, केवल कार र विद्युत प्रशारणलाई पर्ने परिभाषित गरिएको छ ।

सरकारले  आर्थिक वर्ष २०७१\०७२ को बजेटमा कृषि तथा पशुपालनका लागि ६ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरिसकेका छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ