वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेन्चुरी बैंकको व्यापारिक रंग अव हरियो र सुन्तला,कमर्सियल शव्द हटाएर ब्राण्डिङ गर्ने

अर्थटुडे
२०७१ श्रावण १८, आईतवार

काठमाडौं। सेन्चुरी कमर्सियल बैंकले अव सेन्चुरी बैंकमात्र लेखेर ब्राण्डिङ गर्ने भएको छ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो छवीलाई अझ सशक्त रुपमा बजारमा ल्याउनका लागि कमर्सियल हटाएको जनाएको छ ।
बैंकको रंग हरियो र सुन्तला हुनेछ। बैंकले हरियो रङलाई प्राथमिक र सुन्तला रङलाई माध्यामिक रुपमा प्रयोग गर्नेछ। हरियोे रङ्गले उन्नती, वैभव, ताजापन, धन र सुरक्षालाई संकेत गर्छ भने सुन्तला रङले परिवर्तन, आकर्षण, श्रृजनशिलता र सफलताको संकेत गर्ने बताइएको छ । बैंकले यी गुणहरुलाई आत्मसात गरी अघि बढ्ने जनाएको छ ।
बैंकले हालसम्ममा ३१ वटा शाखा, २२ वटा एटिएम र नौं वटा शाखारहित सेवा सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ