वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबार १७.४ अंकले घट्यो नेप्से

अर्थटुडे
२०७१ श्रावण १९, सोमबार

सोमबार नेप्से परिसुचक १७.४ अंकले घटी १०३९.०३ अंकमा झरेको छ । सोमबार नेप्से परिसुचकका प्राय सवै सव इन्डेक्सहरु ओरालो लागेको थियो ।
सोमबार ३८ करोड ३ लाख ५८ हजार रुपैयाँ बराबरको ७ लाख ९ हजार कित्तासेयर किनवेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।nepal stock exchange

केही दिनयता सेयर बजार निरन्तर ओरालो लागेको छ । आर्थिक वर्ष २०७० ७१ को लागि नेपाल राष्ट बैकले जारी गरेको मौद्रिक नीतिको भोली पल्टै २९ अंकले बढेको परिसुचक त्यसपछि केही दिन थोरै अंकले बृद्धि भएपनि पछिल्लो सातादेखि निरन्तर घटिरहेको छ ।
अघिल्लो वर्षहरुको तथ्यांकलाई हेर्ने हो भने यतिवेला सेयर कारोबार बढ्ने गरेको पाइन्छ । कम्पनीहरुले धमाधम बार्षिक साधारण सभा गर्छन र उनीहरुले दिएको सेयर आफ्नो पोल्टामा पार्न पाइने धुनले पनि सेयर किनवेच बढी हुने गरेकोले नेप्से परिसुचक हुने गरेको थियो । तर यस वर्ष भने सेयर कारोबारमा गिरावट आई नेप्से परिसुचकमा गिरावट आएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ