वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले आर्थिक समृद्धिका लागि नयाँ ढोका खुला भएको छ- नेउवासंघका अध्यक्ष पाण्डे

अर्थटुडे
२०७१ श्रावण १९, सोमबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सका प्रतिनिधिले सोमबार भेट गरेका छन् ।

महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्र बस्न्यात र नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित विनोद चौधरी, भवानी राणा, पद्म ज्योति, उपेन्द्र महतो, सुरज वैद्यलगायतका नेपालका प्रतिष्ठित उद्योगी तथा व्यापारीले उनीसँग करिब १५ मिनेट भेट गरेका थिए ।

व्यवस्थापिका–संसद्मा गर्नुभएको सम्बोधन र भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्री सुशील कोइरालाले दिएको रात्रि भोजमा प्रधानमन्त्री मोदीले दिएको मन्तव्यले नेपालको निजी क्षेत्र अत्यन्त उत्साहित भएको भेटपछि सञ्चारकर्मीलाई महासङ्घका अध्यक्ष पाण्डेले बताए ।

आर्थिक समृद्धिका लागि नयाँ ढोका खुला भएको उल्लेख गर्दै पाण्डेले अब मुलुकमा थप लगानी भित्रिने विश्वास लिइएको बताए । जलस्रोतको उपयोगका निम्ति भारतीय प्रधानमन्त्री मोदीले अघि सारेको भावी योजनालाई कार्यान्वयन ल्याउन महासङ्घले आफ्नो तर्फबाट काम थाल्ने पाण्डेले प्रतिबद्धता व्यक्त गरे । नेपाल–भारतबीचको व्यापार घाटालाई न्यून गर्न मोदीको भ्रमण फलदायी एवम् उपलब्धिमूलक भएको अध्यक्ष पाण्डेको प्रतिक्रिया थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ