वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानी बढाउन लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण : गर्भनर खतिवडा

अर्थटुडे
२०७१ श्रावण २१, बुधबार

काठमाडौं । गभर्नर डा. युवराज खतिवडाले मुलुकमा उद्योग व्यवसायमा लगानी बढाउनका लागि लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मंगलबार अडिटर्स एशोसिएशन (अडान) को स्थापना दिवसको अवसरमा बोल्दै उनले लेखापरीक्षकहरुले प्रमाणीकरण गर्ने प्रतिवेदनमा सबैको आशा र विश्वास स्थापित हुने भएकोले लगानीकर्ताहरुलाई आकर्षित गर्न सक्ने उनले उल्लेख गरे ।

DSC_0543लेखापरीक्षकहरुको संख्या र आय बढदै गएको तर अर्थतन्त्र खस्कदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै खतिवडाले अन्तरराष्ट्रिय गुणस्तरको प्रतिवेदन दिने र अर्थतन्त्रको समृद्धिको लागि सहयोगी भूमिका निर्वाह गर्न सक्ने सम्भावना रहेको बताए । उनले लेखापरीक्षण पेशामा नियामक र सञ्चालकहरु एकै ठांऊमा आएर काम गर्न सक्ने राम्रो अभ्यास रहेको बताउदै पेशाको मर्यादा र अनुशासन कायम गर्न आग्रह गरे ।
कार्यक्रममा विशिष्ट अतिथिहरु लेखापरीक्षक सभासदहरु प्रभा बज्राचार्य, नरबहादुर चन्द र भरत साउद, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका अध्यक्ष नरेन्द्र भट्टराई, बिमा समितिका अध्यक्ष प्रा. डा. फत्तबहादुर केसी, लेखापरीक्षणमान बोर्डका अध्यक्ष सुनिर ढुंगेल, नेपाल चार्टर्ड एकाउण्टेण्ट संघका अध्यक्ष भरत रिजाललगायतले आफ्नो धारणा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमकै अवसरमा लेखापरीक्षक सभासदहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा अडान काठमाण्डौंले प्रकाशन गरेको अर्थमालाको विमोचनसमेत गरिएको थियो । अडान डेको अवसरमा नै उपत्यका समितिले आयोजना गरेको रक्तदानमा ५१ जनाले रक्तदान गरेका थिए । आजै मुलुकभर विभिन्न जिल्लाहरुमा रचनात्मक क्रियाकलापसहित अडानको नवौं स्थापना दिवस मनाइएको छ । अडानले एक व्यक्ति एक पेशाको नीति केही समय पर सार्न, लेखापरीक्षण रकमसीमा समयसापेक्ष वृद्धि गर्न र योग्यतम र क्षमतावान लेखापरीक्षकहरुलाई सिए शिक्षामा सहज प्रवेशको अवसर सिर्जना गर्ने लगायतका मांगहरु प्रस्तुत गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ