काठमाडौं। स्वावलम्वन विकास बैंकले १८ करोड २७ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कोषले जारी गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्षमा १ अर्व ५९ करोड ५१ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यस्तै कोषले ३ अर्व ८५ करोड ७२ लाख ३२ हजार रुपैयाँ कर्जा तथा सापटी दिएको छ । चुक्ता पुँजी १४ करोड ९८ लाख रुपैयाँ रहेको कोषले जनाएको छ । बैंकको जगेडा कोषमा ३६ करोड ६८ लाख रुपैयाँ छ।
प्रतिक्रिया