वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्मी लघुवित्तको सेयर बाँडफाड, १० हजार रुपैयाँभन्दा कम आवेदन गर्नेलाई गोलाप्रथाबाट, बढी गर्नेलाई अनुपातमा

अर्थटुडे
२०७१ श्रावण २१, बुधबार

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको ३ लाख कित्ता साधारण सेयर बुधबार बाँडफाड गरेको छ । १० हजार रुपैयाँ भन्दा कम आवेदन गर्नेलाई गोलाप्रथाबाट र त्यसभन्दा बढी आवेदन गर्नेलाई अनुपातका आधारमा सेयर बाडिएको छ ।laxmi logo

कम्पनीको सेयरमा मागभन्दा ४० गुणा बढी आवेदन परेको थियो । निष्काशित सेयरमध्ये सामूहिक लगानी कोषलाइ १५ हजार कित्ता र संस्थाका कर्मचारीलाई ९ हजार कित्ता छुट्याएर बाँकी रहेको २ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाड गरिएको कम्पनीले जनाएको छ ।
असार १० देखि १३ गतेसम्म बिक्री खुल्ला गरिएकोमा १९ हजार सर्वसाधारणबाट ३ करोड ५ लाख ७६ हजार ३ सय १६ कित्ता सेयरको माग आएको निष्कासन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

लक्ष्मी बैंकको सहायक कम्पनीका रुपमा २०६७ सालमा स्थापना भएको लक्ष्मी लघुवितले देशभर २४ वटा कार्यालय मार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ