वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामाजिक सुरक्षालाई ‘निड बेस्ड’ बनाउन सरोकारवालाको सुझाव

अर्थटुडे
२०७१ श्रावण २१, बुधबार

काठमाडौं । सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई आवश्यकतामा आधारित (निड बेस्ड) बनाउनु पर्ने सरोकारवालहरुले बताएका छन् ।

Undp program
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधवार गरेको कार्यक्रममा संविधानसभाकी उपाध्यक्ष ओनसरी धर्तीले दीर्घकालमा सामाजिक सुरक्षा कार्यक्रमलाई आवश्यकतामा आधारित बनाउनु पर्ने बताईन । ‘अहिले अधिकारमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण वर्षेनी राज्यको दायित्व बढ्दै गएको तथा सबैभन्दा बढी आवश्यकता भएको समूहले नपाउने अवस्था सृजना भएको छ,’ घर्तीले भनिन् । अहिलेको व्यवस्थालाई परिस्कृत र वैज्ञानिक बनाउँदै आवश्यकतामा आधारित प्रणालीमा जानु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रमणी अधिकारीले नेपालमा सामाजिक सुरक्षाको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षा कार्यक्रमलाई अझै बढी परिस्कृत र प्रभावकारी बनाउनु पर्ने बताए । ‘नेपालमा सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमहरु सञ्चालनमा भए पनि उचित कानुन र ऐन नियम र मूल्यांकन प्रणालीको अभावमा प्रभावकारी हुन सकेका छैनन्,’ अधिकारीले भने ।

अधिकारीको कार्यपत्रमाथि टिप्पणी गर्दै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले सरकारले सञ्चालन गरेका विभिन्न सामाजिक सुरक्षा सम्वन्धी कार्यक्रमहरुलाई एकिकृत गर्नुपर्ने बताए । साथै सामाजिक सुरक्षा र समानता आर्थिक वृद्धिमा भर पर्ने भएकाले आर्थिक वृद्धि प्रवद्र्धन गर्नमा सरकारको बढी ध्यान जानु पर्ने नेपालको भनाई थियो ।
कार्यक्रममा बोल्दै युएनडीपीकी आवासीय निर्देशक सोको नोडाले यस्ता छलफलले सरकारलाई उचित नीति निर्माणमा सहयोग गर्ने बताईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ