वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुर्घटनामा परेको यति एयरमा राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा.श्रेष्ठ दम्पती रहेको पुष्टी

अर्थटुडे
२०७९ माघ १, आईतवार

काठमाडौ । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकार पनि सवार रहेको पुष्टि भएको छ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एन एनएनसी एटीआर विमान विहान पोखरा सेती खोचमा विहान १०ः५१ मा दुर्घटनामा परेको थियो।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले डा. श्रेष्ठले हिजो र अस्ति थप समय काम गरेर बिदा बस्न अस्पतालबाट विदा लिएका थिए। उनीहरुको घर नै पोखरा भएकाले छुट्टी मनाउनका लािग सानो बच्चाका साथ पोखरा गएका थिए।
यतिको विमानमा चालक दलका ४ जना सदस्यसहित ७२ जना यात्रु सवार थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ