वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलाश विकास बैंकको नाफा २६ करोड ६१ लाख २७ हजार, साना किसान बैंकको ११ करोड ५५ लाख

अर्थटुडे
२०७१ श्रावण २२, बिहीबार

काठमाडौ । कैलाश विकास बैंकले गत आर्थिक वर्षमा २६ करोड ६१ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।kailash b७७ करोड ८३ लाख रुपैयाँ चुक्तापुँजी रहेको सो बैंकले गत आर्थक वर्षमा ७ अर्व ५९ करोड ९२ लाख रुपैयाँ निक्षेप सकलन गेको छ । त्यसैगरी बैंकले ६ अर्व ३७ करोड २२ लाख रुपैयाँ कर्जा तथा सापटी दिएको बैंकद्धारा प्रकाशित चौथो अपरिष्कृत वित्तिय विवरणमा उल्लेख छ ।

बैंकले ७३ करोड ६४ लाख २८ हजार रुपैयाँ रियलस्टेटमा लगानी गरेको छ भने सवैभन्दा बढी ओभरड्राफ्ट लोन रहेको छ । सो लोन २ अर्व ३७ करोड ३७ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकको निष्कृय कर्जा भने २.५९ प्रतिशत रहेको छ ।

साना किसान बैंक
त्यसैगरी साना किसान विकास बैंकले गत आर्थिक वर्षमा नाफा ११ करोड ५५ लाख रुपैयाँ कमाएको छ । बैंकको आफ्नो निक्षेप नभएपनि बिभिन्न बैंक तथा वित्तिय संस्थाले विपन्न कर्जा अन्र्तत दिएको पाँच अर्ब २२ करोड रुपैयाँलाई लगानी गरेको जनाएको छ ।sanakisan bank

बैंकले यस बर्ष सम्भावित जोखिम बापत ३६ प्रतिशतले बढाएर एक करोड ४३ लाख छुट्याएको जनाएको छ । बैंकको खराब कर्जाको अनुपात ०.११ रहेको छ । बैंकले खराब कर्जाको लागि ९९० प्रतिशत रकम व्यवस्था गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ