वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी संघको साधारणसभा सुरु, सहकारीमा देखिएको समस्या निराकरणका लागि सक्दो सहयोग गर्ने सभामुखको प्रतिवद्धता

अर्थटुडे
२०७१ श्रावण २२, बिहीबार

काठमाडौं । राष्ट्रिय सहकारी संघको साधारणसभा विहिबार देखि शुरु भएको छ । संघको कार्यालय पुल्चोक ललितपुरमा सुरु भएको सभाले संघको अध्यक्ष सहित २३ जना सञ्चालक र ३ जना लखा समितिको चयन गर्ने कार्यक्रम छ ।

जिल्ला र केन्द्रीय संघ सदस्य रहने राष्ट्रिय संघमा ३ सय १३ प्रतिनिधिलाई मतदानको अधिकार छ ।

संघको साधारण सभाको उद्घाटन गर्दै संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले  सहकारीमा देखिएको समस्याले नकारात्मक सन्देश फैलीएकोले त्यसलाई तोड्नु पर्ने बताए । उनले भने-अबको नेतृत्वले यसलाई नियन्त्रण गर्न मुख्य भूमिका खेल्नुपर्छ त्यसको लागि म पूर्ण रुपमा सहयोग गर्दछु ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ