–व्याजसहित उठाउन प्रतिनिधिहरुको माग
काठमाडौं । सहकारीहरुको छाता निकाय राष्ट्रिय सहकारी संघबाट दुई दर्जन बैंक व्यक्ति तथा संस्थाले लिएको पेश्की तिरेका छैनन् । पेश्की नतिर्नेमा राष्ट्रिय संघका पूर्व संचालकदेखि सहकारी र अन्य संघसस्था रहेका छन् ।
संघको विहिबारदेखि सुरु भएको साधारणसभामा लेखा समितिको प्रतिवेदन पेश गर्दै संयोजक केबी उप्रेतीले २४ व्यक्ति तथा संस्थाले संघलाई दिएको ४१ लाख रुपैयाँ पेस्की फस्यौट गर्न बाँकी रहेको जानकारी दिए ।
प्रतिवेदनमा संघले बिना प्रयोजन संचालकहरुलाई पेश्की दिने गरेको प्रतिवदनमा उल्लेख गरीएको छ । यस कार्यलाई तुरुन्तै बन्द गरी संघको बाकी रहेको पेश्की समेत समयमा फस्यौट गर्न सुझाव दिइएको छ ।
साधारणसभाको बन्द सत्रमा बोल्दै अधिकाशं प्रतिनिधिहरुले व्याज सहित पेश्की उठाउन माग गरे । “संचालकले लिएको पेश्की वर्षौसम्म नउठ्नु लाजमर्दो कुरा हो, छिटोभन्दा छिटो व्याजसहित पेश्की उठाउनुपर्छ ।” जिल्ला बचत तथा ऋण सहकारी संघ चितवनका प्रतिनिधि नवराज सापकोटाले भने । साधारणसभामा बोल्ले अधिकांश संचालकले पेश्की फस्यौट गर्न कार्यसमित र व्यवस्थापनले सक्रियता देखाउनुपर्ने बताए ।
पेश्की नतिर्नेको अग्रपंङ्तीमा संघका पूर्व संचालक कुलचन्द्र अधिकारी रहेका छन् । उनले संघले लिएको पुलिस क्लव पुनः ठेक्कामा लिएर संचालन गरेक थिए । दिपक वास्कोटा अध्यक्ष हुँदा संचालक रहेका उनले पेश्की नतिरेपछि तत्कालिन साधारणसभाले उनलाई पेश्की नतिरेसम्म संचालकबाट निलम्बन गर्ने र बैठकमा भाग लिन नपाउने निर्णय गरेको थियो । राष्ट्रिय संघको कालोसूचिमा परेका उनी राष्ट्रिय सहकारी बैंकको लेखा समितिमा निर्वाचित भएका छन् । उनले संघलाई ५ लाख रुपैयाँ तिर्न बाकी छ ।
यसैगरी उपभोक्ता केन्द्रीय सहकारी संघका पूर्वअध्यक्ष खड्गबहादुर श्रेष्ठले पनि संघको ४ लाख रुपैयाँ तिरेका छैनन् । उनी वैदेशिक रोजगार एजेन्ट संघका अध्यक्ष समेत हुन् । संघकै पूर्व उपाध्यक्ष राजकृष्ण अमात्यले ३ लाख, निवर्तमान संचालक वावुराम अधिकारीले २० हजार तिर्न बाकी रहेको संघको प्रतिवेदनमा जनाइएको छ ।
पेश्की उठाउनका लागि संघका निवर्तमान संचालक रविन्द्र केसीको संयोजकत्वमा समिति बनाएपनि उठ्न सकेको छैन । उनैले संघबाट अघिल्लो आवमा पेश्की लिएपनि अहिले उम्मेदवार बन्न नपाउने भएपछि पेश्की फस्यौट गरेको स्रोतले जनाएको छ । यसैगरी संचालक अधिकारीले पनि चालु आव लागेपछि फस्यौट गरेको बताइएको छ ।
प्रतिक्रिया