वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय संघको नेतृत्वका लागि तीन पाटीबिच सहमति, अध्यक्षमा बडाल, उपाध्यक्षमा कडेल र मल्ल

अर्थटुडे
२०७१ श्रावण २२, बिहीबार

काठमाडौं । सहकारीहरुको छाता निकाय राष्ट्रिय सहकारी संघको भावी नेतृत्वका लागि प्रमुख राजनीतिक दलबिच सहमति भएको छ । कांग्रेस, एमाले र माओवादी सर्मथक सहकारीकर्मीबिच भएको सहमित अनुसार अध्यक्षमा केशब प्रसाद बडाल, बरिष्ठ उपाध्यक्षमा मिनराज कडेल र महिला उपाध्यक्षमा ओमदेवी मल्ल आउने भएका छन् ।

NCF

 

विहिबार राति भएको त्रिपक्षिय लिखित सम्झौतामा एमालेले अध्यक्ष, बरिष्ठ उपाध्यक्षका साथै ७ वटा संचालक पद पाउने, कांग्रेसले महिला उपाध्यक्षका साथै ७ संचालक र माओवादीले लेखा समिति संयोजकका साथै ५ संचालक पदको कोटा पाउनेछन् ।
सहमति भएपछि एमालेबाट बडाल अध्यक्ष र कडेल उपाध्यक्ष बन्ने भएका छन् भने कांग्रेसबाट मल्ल महिला उपाध्यक्ष बन्नेछन् । यसैगरी माओवादीबाट लेखा समिति संयोजक धर्मदत्त देवकोटा हुनेछन् ।
अघिल्लो कार्यकालमा पनि तीन पार्टीबिच भागवण्डा मिलाएर बडाल अध्यक्ष भएका थिए । संचालकहरुमा भने कोटा अनुसार पार्टीले चयन गर्ने बताइएको छ । संचालकमा दक्ष पौडेल, सिवी लामा, सुरेन्द्र भण्डारी, रामशरण बस्नेत, खेमराज सुवेदी, रमेश पोखरेल, परितोष पौड्याल, प्रभा कोइराला, तुलसी सापकोटा,रविन्द्र केसी लगायतको चर्चा रहेको छ ।
सहमतिका लागि भन्दै विहिबार ७ वजेका लागि तोकिएको उम्मेदवारी मनोनयनको समय शुक्रबार विहान ९ बजेसम्मका लागि सारिएको छ ।
साधारणसभामा देशभरका ३ सय १४ प्रतिनिधीको उपस्थिती छ । सभाले आगामी ५ वर्षको लागि नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ