वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अल्पाइनका शाखा प्रमुखबीच छलफल

अर्थटुडे
२०७१ जेष्ठ २०, मंगलवार

काठमाडौँ । अल्पाइन डेभलपमेन्ट बैंकले निर्धारित लक्ष्य हासिलका लागि सम्पुर्ण शाखा प्रमूखसँग छलफल गरेको छ । बैंकले हालसम्म हासिल गरेको प्रगति तथा लक्ष्य प्राप्तिका लागि अपनाउनु पर्ने रणनीतिबारे छलफल गरिएको बताइएको छ ।
बैंकले चालू आर्थिक वर्षमा बचत परिचालनतर्फ १५ प्रतिशत, कर्जातर्फ १८ प्रतिशत तथा नाफातर्फ १७ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको छ ।
आगामी आर्थिक वर्षको लागि बचत परिचालनतर्फ १ अर्ब, कर्जातर्फ ९० करोड रुपैयाँको लक्ष्य निर्धारण गरेको बैंकले जनाएको छ । बैंकले आगामी आर्थिक वर्षमा २ थप नयाँ शाखा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।
हाल बैंकले १४ वटा शाखा तथा ३ वटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ