वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संघको नेतृत्वमा भएको सहमति तुहियो, अध्यक्षमा तीनजनाको उमेदवारी

अर्थटुडे
२०७१ श्रावण २३, शुक्रबार

काठमाडौं । राष्ट्रिय सहकारी संघमा नेतृत्वको लागि विहिबार भएको सहमति शुक्रवार विहानै तुहिएको छ । तीनवटा राजनीतिक दलबिच भागबण्डाको सहमित भएपनि पार्टीभित्रको अन्तरद्धन्द्धका कारण निर्वाचन हुने अवस्था आएको छ ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष केवी उप्रेतिका अनुसार अध्यक्षमा तीन जनाले उमेदवारी दिएका छन् । अध्यक्ष पदको लागि केशव प्रसाद बडाल, हिरामणी पौडेल र गोविन्द बहादुर मल्लले उमेदवारी दिएका छन् ।

विहिबार बेलुकी केशव प्रसाद बडालको अध्यक्षतामा नेतृत्व चयन गर्ने सहमति भएको थियो ।

त्यसैगरी उपाध्यक्षमा मिनराज कँडेल,विजयराज घिमिरे र शरद महर्जनले उमेदवारीको घोषणा गरेका छन् । त्यस्तै महिला उपाध्यक्षमा ओमदेवी मल्ल र उमा दाहाल रहेका छन् । मल्ल नेपाली कांगेसबाट सभासद समेत रहेकी छिन् भने दाहाल पनि नेपाली कांग्रेस कै हुन् । सञ्चालक पदमा भने ८३ जनाको उमेदवारी परेको उप्रेतिले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ