वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टोयोटाले ल्यायो लिभा कार, साढे ३३ लाख बजार मूल्य, डेढ लाखसम्म छुट

अर्थटुडे
२०७१ श्रावण २३, शुक्रबार

काठमाडौं । जापानी कार निर्माता कम्पनी टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा ‘इटिओस लिभा’ बजारमा ल्याएको छ ।Toyota-Etios-Liva(2)

युनाइटेड ट्रेडर्सका अध्यक्ष सुरज वैद्य र प्रबन्ध निर्देशक रितुसिंह वैद्यले राजधानीमा एक कार्यक्रमबीच बिहीबार लिभा सार्वजनिक गरे । ह्याचब्याक सेगमेन्टको लिभा नेपाली बजारमा ३३ लाख ४५ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
इटिओस लिभाले सहरी क्षेत्रमा १५.१ किलोमिटर र राजमार्गमा १७.७१ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीको छ । यसमा जडान गरिएको आधुनिक प्रविधिले आरामदायी र सुविधाजनक यात्राको अनुभव गराउने बताइएको छ । लिभा ११ सय ९७ सीसीको ७८.९ बीएचपी १६ भल्भ भएको पेट्रोल इन्जिनयुक्त ह्याचब्याक कार हो । यसमा ५ स्पिड म्यानुअल गेयर बक्सले ७८.९ बीएपी एट ५६ सय आरपीएमको शक्ति उत्पन्न गराउने कम्पनीले उल्लेख गरेको छ ।
लिभामा रहेको फराकिलो क्याबिनमा ५ जनाले आरामदायी रूपमा यात्रा गर्न सकिने जनाइएको छ । यसलाई उपयुक्त पारिवारिक गाडीका रूपमा प्रयोग गर्न सकिनेछ । लिभामा ४५ लिटर क्षमताको इन्धन ट्यांकी छ भने २ सय ५१ लिटरको सामान राख्न मिल्ने डिक्की छ । आन्तरिक सजावट उत्कृष्ट रहेको लिभामा प्रयोगकर्ताका लागि आवश्यक प्रविधिसहितका सुविधाहरूसमेत राखिएको छ । यसमा इलेक्ट्रोनिक पावर स्टेयरिङ, मल्टि फङ्सन स्टेयरिङ ह्विल, पावर विन्डोज, रिमोट ट्रंक ओपनर, रिमोट फ्युल लिड ओपनर आदि सुविधाहरू छन् ।
लिभामा एबीएस, ईबीडी, एयरब्याग, इम्प्याक्ट एब्र्जोबिङ बडी स्ट्रक्चर र इन्जिन इमोबिलाइजर जस्ता फरक–फरक प्रकृतिका सुरक्षा प्याकेज राखिएको छ, जसले चालक तथा यात्रुलाई सुरक्षा र आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ । इटिओस लिभा विभिन्न ६ रंगमा उपलब्ध छन् । गाडी लन्चिङको अवसरमा केही समयका लागि लिभाको खरिदमा १ लाख ४० हजार रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ