काठमाडौं । युनिलिभर नेपालले ८६० प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीले २०७०\७१ को नाफाबाट लगानीकर्ताहरुलाई सो नगद लाभांस दिने भएको हो ।
विहिबार बसेको युनिलिभर कम्पनीको सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुको ८६० प्रतिशत नगद लार्भास दिने निर्णय गरेको जानकारी दिएको छ ।
सञ्चालक समितिले गरेको सो निर्णयलाई आउँदो साधारणसभाले पारित गर्ने पनि कम्पनीले जनाएको छ । सो कम्पनी सवैभन्दा धेरै लाभांस दिने कम्पनीमा पर्दछ । यसअघि आर्थिक वर्ष २०७०\७१ को नाफाबाट लाभांस दिने कम्पनीहरुमा माइक्रो फाइनान्स विकास बैंक, अरुण हाइड्रोपावरले लाभांसको घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया