काठमाडौं । नेपाली बजारमा केही दिनदेखि उकालो लागेको सुुनको भाउ तोलाको ५५ हजार रुपैयाँ नाघेको छ । अन्तर्राष्ट्रि बजार भाउ उकालो लागेपछि त्यसको असर स्थानीय बजारमा परेको हो ।
शुक्रबार बजारमा सुन ५ सय ५० रुपैयाँ महंगो भई प्रतितोला ५५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यअसघि विहिबार सुनको भाउ ५४ हजार ७ सय ५० रुपैयाँ कायम रहेको थियो ।
यसैगरी बजारमा चाँदीको भाउ पनि ५ रुपैयाँ बढेर ८ सय २५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया