वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिला उपाध्यक्षमा मल्ल, तीन केन्द्रिय संघ लगायत ११ जना निर्विरोध चयन

अर्थटुडे
२०७१ श्रावण २३, शुक्रबार

ललितपुर । राष्ट्रिय सहकारी संघको महिला उपाध्यक्षमा ओमदेवी मल्ल निर्विरोध चयन भएकी छिन् । महिला उपाध्यक्षमा उमा दाहालले उमेदवारी दिएपनि पछि दाहालले उमेदवारी फिर्ता लिएपछि मल्ल निर्विरोध चयन भएकी हुन् । omdevi
मल्ल खुल्लाबाट काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघबाट प्रतिनिधि भएकी थिइन् ।
त्यस्तै निर्विरोध हुनेहरुमा केन्द्रिय संघहरुबाट रमेश पोखरेल, सुरेन्द्र भण्डारी, गोविन्द बाराकोटी रहेका छन् ।
त्यस्तै सुदुर पश्चिमबाट तारा लामा तामाङ, पश्चिमाञ्चलबाट भिम तुलाचन निर्विरोध भएका छन् । महिला समूहबाट संचालकमा प्रभा कोइराला र टिका बुढाथोकी निर्विरोध भएकोे नेपाल स्वास्थ सहकारी केन्द्रिय संघका प्रतिनिधि खेमराज सुवेदीले जानकारी दिएका छन् ।
संचालकमा पदम दाहाल थप भएका छन् भने लेखा समितिका सदस्यमा उमेश महाशेठ र सदस्य सोम श्रेष्ठ निर्विरोध भएको पनि सुवेदीले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ