वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय सहकारी संघमा पुन: बडाल, ठूला तीन दल समर्थित प्यानल नै विजयी

अर्थटुडे
२०७१ श्रावण २४, शनिबार

काठमाडौं । राष्ट्रिय सहकारी संघको अध्यक्षमा केशब बडाल पुन: निर्वाचित भएका छन् ।badal उनी यस अघि तीन दलीय भागबण्डामा अध्यक्ष रहेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा मीनराज कँडेल, खुल्ला सञ्चालकमा बद्रीप्रसाद  लम्साल, खेमबहादुर पाठक, दक्ष पौडेल, चन्द्रप्रसाद ढकाल, रामचन्द्रसिंह कुशवाह, रविन्द्र केसी विजयी भएका छन् । त्यसैगरी पुर्वाञ्चलबाट शिव डाँगी र मध्यमाञ्चलबाट माधव दुलाल विजयी भएका छन् ।

यस अघि अन्य ११ पदमा निर्विरोध चयन भएका छन् । महिला उपाध्यक्षमा ओमदेवी मल्लसहित केन्द्रिय संघबाट रमेश पोखरेल, सुरेन्द्र भण्डारी, गोविन्द बाराकोटी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै सुदुर पश्चिमबाट तारा लामा तामाङ, पश्चिमाञ्चलबाट भिम तुलाचन निर्विरोध भएका छन् ।

महिला समूहबाट संचालकमा प्रभा कोइराला र टिका बुढाथोकी निर्विरोध भएका छन् । लेखा समिति सयोजकमा धर्मदत्त देवकोटा निर्बाचित भएका छन् । भने सदस्यहरुमा उमेश महाशेठ र सदस्य सोम श्रेष्ठ निर्विरोध भएका छन् ।

तस्विर :नवराज सापकोटाको फेसवुकबाट

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ