वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बसन्तपुर घुम्न अब गाइड चाहिदैन, हनुमानढोका सङ्ग्रहालयको जानकारी अडियोमा

अर्थटुडे
२०७१ श्रावण २४, शनिबार

काठमाडौं । पर्यटकलाई अडियोमार्फत सङ्ग्रहालयको जानकारी प्रदान गर्ने उद्देश्यले हनुमानढोका सङ्ग्रहालयले ‘अडियो टुर’ सञ्चालनमा ल्याएको छ ।hanuman सङ्ग्रालयमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक वस्तुको सम्पूर्ण जानकारी अडियोमा राखिएको र सो संग्रालयको बारेमा जानकारी लिन इच्छुक पर्यटकले अडियो सुन्दै जानकारी लिन पाउने बताइएको छ ।

पर्यटकलाई अडियोबाटै वस्तुको सबै जानकारी दिने व्यवस्था मिलाइएको जानकारी दिदै सङ्ग्रहालय अधिकृत मायादेवी अर्याल भन्छिन् —यस्तो काम नेपालमा नै पहिलो पटक हो । जसले गर्दा नेपाली गाइडहरुबाट पिडित हुन भने अव विदेशी पर्यटकले पर्दैन ।

सो अडियो विशेष गरी बाह्य पर्यटकहरुलाई लक्षित गरिएकोले अङ्ग्रेजी भाषामा निर्माण गरिएको अर्यालको भनाइ रहेको छ । सबैले रुचाउँदै गएमा नेपाली र चाइनिज भाषामा पनि सो अडियो निर्माण गर्ने योजनामा हनुमानढोका संग्राहालय रहेको छ ।
अडियो प्रयोगका लागि आन्तरिक पर्यटकका लागि १०० र बाह्य पर्यटकका लागि ९८० रुपैयाँ लाग्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ