वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

 बैंकिङ पत्रकारिता तालिम सुरु

अर्थटुडे
२०७१ जेष्ठ २०, मंगलवार

काठमाडौं । बैंकिङ क्षेत्रमा कलम चलाईरहेका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले मंगलबारदेखि बैंकिङ तालिम सुरु भएको छ । नेपाल बैंकर्स संघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सहकार्यमा मंगलबारदेखि बैंकिङ पत्रकारिता तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै संघका अध्यक्ष राजनसिंह भण्डारीले वित्तीय क्षेत्र संवेदनशिल भएकाले जिम्मेवार भएर कमल चलाउनुपर्ने बताए ।
सेजनका उपाध्यक्ष लोक बहादुर चापागाईले यो तालिमले पत्रकाहरुले समाचार संप्रेसण गर्दा निखारता ल्याउने बताए ।
तालिमको पहिलो दिन नेपालको बैंकिङ प्रणालीमा देखिएका जोखिमबारे लक्ष्मी प्रपन्न निरौला र विदेशी मुद्रा विनिमय तथा शोधानान्तरस्थितीबारे सभेन्द्र मिश्रले कार्यपत्र पेश गरेका थिए । तालिममा विभिन्न संचारमाध्यमका तीन दर्जन पत्रकारको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ