वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रवन्ध सञ्चालक घिसिङको पुनर्वहालीको माग राख्दै आयोजनाको ड्यामसाइडमा तालाबन्दी

अर्थटुडे
२०७१ श्रावण २५, आईतवार

काठमाडौं । चिलिमे जलविद्युत आयोजनाको निर्माणधिन रसुवागढी र ड्यामसाइडमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । कम्पनीको व्यवस्थापन परिवर्तन गरिएको विरोधमा रसुवाका राजनीतिक दल र स्थानीय बासिन्दाले तालाबन्दी गरेका हुन् ।

चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङको पुनर्वहालीको माग गर्दै स्थानीय बासिन्दा र राजनीतिक दलहरुले आन्दोलन गरिरहेका छन् ।
कुनै अवरोधविना तीव्र गतिमा निर्माण अघि बढाइरहेका बेला घिसिङलाई गलत नियतले हटाउने निर्णय भएको स्थानीय बासिन्दाको दावी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ