वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चीन भ्रमणले नयाँ आयाम दिनेछ: अर्थमन्त्री डा.महत

अर्थटुडे
२०७१ श्रावण २५, आईतवार

बेइजिङ । अर्थमन्त्री डा.रामशरण महतले आफ्नो चीन भ्रमणले आगामी दिनमा दुई मुलुकबीचको सम्वन्धमा बहुआयमिक सकारात्मक प्रभाव बताएका छन् ।DSCN3598 चीनका अर्थमन्त्री लाउ जिबेको निमन्त्रणामा बेइजिङ भ्रमणमा गएका अर्थमन्त्री डा.महतले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा बोल्दै अर्थमन्त्री डा. महतले अर्थमन्त्री र वाणिज्यमन्त्रीसँग भएको कुराकानीपछि आफू उत्साहित भएको बताए ।

चीन ज्ञान, वैदेशिक सहायता, विदेशी लगानीको स्रोतका साथै नेपाली बस्तुको बजार पनि हो भन्दै उनले दुई देशबीचका व्यापारिक समस्याहरु सुल्झाउन, नेपालको निर्यात बढाउन, नेपालमा लगानी बढाउन, नेपालको समग्र विकासमा चिनियाँ सहयोग जुटाउन यो भ्रमण फलदायी हुने बताए ।

नेपालमा चिनियाँहरुले लगानी गरेर नेपालको पौने तीन करोड जनताको उपभोग बजार प्राप्त गर्नेछन अर्थमन्त्री डा.महतले भने-दक्षिण एसियाली क्षेत्रीय बजारसँग भन्साररहित बजारको सुविधा पाइने भएकोले यस क्षेत्रको ठूलो बजार पाउन सकिनेछ ।

कम विकसित देश भएकोले नेपालले अमेरिका, युरोप तथा अन्य देशको बजारमा पनि भन्साररहित सुविधा पाउने भएकोले त्यस्तो ठूलो बजार पनि चीनले पाउनेछ ।
अर्थमन्त्रीको भनाई थियो-यो स्वतन्त्र अर्थव्यवस्था हो । जसले गुणस्तरीय सामान उत्पादन गर्छ, त्यसले बजार कब्जा गर्छ । स्काई इज दि लिमिट,त्यसैले बजार छैन भन्नु मिल्दैन । यसका लागि चीन एउटा चहकिलो उदाहरण हो ।

नेपालमा भैरहेको आर्थिक सुधार कार्यक्रमलाई चिनियाँ नेताहरुले सकारात्मक भनेको उल्लेख गर्दै अर्थमन्त्री डा.महतले भने अव हामीले पनि कृषिमा व्यवसायिकरण गर्नुपर्छ, यस क्षेत्रमा पनि चिनियाँ लगानीकर्ताहरु आउछन भने नेपाल आवश्यक सहयोग गर्न तयार छ ।

अहिलेको विश्वमा आर्थिक एजेण्डा हाबी हुनुपर्नेमा जोड दिदै उनले राजनीतिक दलहरुले आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ