वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिज नजिकिएसँगै महंगीयो सुन, तोलाको ५५ हजार रुपैयाँ

अर्थटुडे
२०७१ श्रावण २५, आईतवार

काठमाडौं । तिजमा सुनका गरगहना किन्ने योजनामा रहेका महिलाहरु महंगीमा पर्ने भएका छन् । goldदुई सातायता लगातार उकालो लागेको सुनको भाउ २ हजार रुपैयाँ महंगो भई प्रतितोला ५५ हजार रुपैयाँ नाघेको छ । यसले तिजमा गरगहना किन्ने उपभोक्ता प्रभावित हुने भएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धी, अमेरीकी डलर र नेपाली विनिमयदरका कारण समेत सुनको भाउ बढ्नुको मुख्य कारक मानिएको छ । अन्तर्राष्ट्रिय बजार उकालो लाग्नु र नेपालमा चाडपर्व नजिकिनुले सुनको भाउ अझै उकालो लाग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले विश्लेषण गरेको छ ।
महासंघका अनुसार बजारमा आईतबार दुई साता यता सुनको भाउ २ हजार रुपैयाँ महंगो भएको छ । दुई साताअघि प्रतितोला ५३ हजार रुपैयाँ हाराहारीमा रहेको सुनको भाउ हाल ५५ हजार रुपैयाँ नाघेको छ ।

गत साताभरमा सुन १ हजार तीन सय रुपैयाँ महंगो भएको थियो । गत आईतबार प्रतितोला ५४ हजार रुपैयाँ कायम रहेको सुन शुक्रबार ५५ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । आईतबार भने सुन सामान्य सस्तो भई प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भयो ।

विषेश गरी अमेरिकी डलर मजबुत हुदा लगानीकर्ता डलरतर्फ लाग्ने भएकाले सुनको भाउमा गिरावट आउने गर्दछ । तर अहिले आपसमा विपरित सम्बन्ध रहेको डलर र सुन एकै साथ उक्लेको र यो विश्व बजारमा बिरलै देख्न पाइने महासंघका सचिव दियेशरत्न शाक्य बताउछन् ।

यसैगरी रसिया, युक्रेन, इजराईल, प्यालेस्टाईन र इराकमा जारी तनावका कारण समेत लाभदायक प्रतिफल एवं सुरक्षित लगानीको लागि सुनको माग बढ्दा भाउ उकालो लागेको महासंघले विश्लेषण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ