वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्मी सनराइज बैकमा खेतानको बदमासी

अर्थटुडे
२०८१ बैशाख २३, आईतवार

कााठमाडौ । उद्योगी राजेन्द्र खेतानले तत्कलिन लक्ष्मी बैंक हुदा बदमासी गरेको पाइएको छ । अरुको नामको ऋण खेतानले आफूले चलाएका थिए । सो कुरा नेपाल राष्ट्र बैंकको अनुगमनमा देखिएपछि बैंकले उद्योगी खेतानलाई १० लाख रुपैयाँ जरिवाना गरेको छ ।

लक्ष्मी सनराइज बैंक (साविकको लक्ष्मी बैंकका) संस्थापक शेयरधनी समेत रहेका खेतालने लक्ष्मी बैंकबााट बैंकबाट पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जा मध्ये ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरी उपयोग गरेको राष्ट्र बैंकको अनुगमनबाट पुष्टी भएको छ ।

सो कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट भुक्तानी भएकोले राष्ट्र बैंकले जरिवाना तिराएको जनाएको छ । त्यस्तै बैंकले समयमा नै कर्जाको सदुपयोगिता अनुगमन नगरेको भन्दै कर्जा स्वीकृतिमा संलग्न प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहलााई सचेत गराएको हो ।

खेतान लक्ष्मी बैंकका संस्थापक शेयरधनी नै भएकोले पनि जानकारी हुदा हुदै पनि प्रमूख कार्यकारी अधिकृतले केही गर्न नसकेको लक्ष्मी सनरइज बैंकका एक संचालकले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ