वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हुण्डाइकाे गाडी अव नेपालमा नै उत्पादन हुने

अर्थटुडे
२०८१ बैशाख २८, शुक्रबार

काठमाडौ । हुण्डाईका गाडी अव नेपालमा नै उत्पादन हुने भएको छ । लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्व्लिङ प्लान्ट बनाएको छ । सो प्लान्टको उद्घाटन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् भने उनले हुन्डाईको एसेम्बल गाडी समेत चढेका छन् ।

हुण्डाइको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी समूह हो । लक्ष्मी मोटर्सका अनुसार प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन भएको छ । प्रधानमन्त्रीले पहिलो उत्पादित भेन्यू गाडी चढेका हुन् । बजारको माग अनुसार नयाँ मोडलका गाडीहरु उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीले सस्तोमा गाडी चढ्न पाउने विश्वास व्यक्त गरे । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ