वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थतन्त्रमा सुस्तता आउदा चालु खाता झण्डै २ खर्ब बचतमा

अर्थटुडे
२०८१ बैशाख ३०, आईतवार

काठमाडौ । देशको आन्तरिक आर्थिक गतिविधि सुस्ताउँदा चालु खाता बचत उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आईतबार प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष (२०८०÷८१) को चैतसम्ममा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यहि अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा थियो ।

देशको वैदेशिक कारोबारमा खर्च र आम्दानीको अन्तर नै चालु खाताको रुपमा बुझिन्छ । देशको बैदेशिक कारोबारमा आम्दानी बढी भएमा चालु खाता बचतमा र खर्च बढी भएमा चालु खाता घाटामा हुने गर्छ । पछिल्लो समय नेपालमा विप्रेषण आप्रवाह उच्च हुनुका साथै आयात पनि घटेपछि चालु खाताको बचत वृद्धि भएको हो ।

चालु खाता बचतले अर्थतन्त्रको बाह्य अवस्था मजवुत देखिने भएपनि यो बढ्दै जानु आर्थिक गतिविधि नभएको संकेत गर्ने अर्थशास्त्री नरवहादुर थापा बताउछन् । ‘चालू खाता बचत र वैदेशिक मुद्रा संचितीको अवस्थाले अर्थतन्त्रको बाह्य अवस्था बलियो रहेको देखाउछ’ उनले भने, ‘यसलाई सदुपयोग गरेर आर्थिक गतिविधिलाई चलायमान बनाउन सकिन्छ ।’ बैंकका तरलता यथेस्ट रहेको र ब्याजदर पनि घटेकाले निजी क्षेत्रले यसलाई व्यवसाय बढाउनका लागि सम्भावना भएका क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ ।

गत वर्ष चालू खाता घाटा उच्च हुनुका साथै विदेशी मुद्राको संचिती उच्च हुँदा सरकारले विभिन्न विलासी सामानको आयातमा प्रतिबन्ध नै लगाएको थियो । विप्रेषण आप्रवाहको सुधार र आयात घट्दा अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सहज भएपछि सरकारले आयात प्रतिबन्ध हटाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ