वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानी प्रवर्द्धनका लागि दक्षिण कोरीयाका राजदूतसँग परिसंघको आग्रह

अर्थटुडे
२०८१ जेष्ठ ३, बिहीबार

काठमाडौ ।  नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरीयाका राजदूत पार्क तइयोङ्गविच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ ।

परिसंघ सचिवालयमा आज बुधवार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले दुई देश विचको कुटनैतिक सम्बन्ध स्थापित भएको ५० ‍औं वर्ष पुगेकै दिन भएको यो छलफल अत्यन्त सुखद र महत्वपूर्ण भएको वताए ।

छलफलका क्रममा अध्यक्ष अग्रवालले कोरीयाली लगानी कर्ताहरूलाई नेपालमा भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन,  जलविद्युत, कृषिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि पहल गर्न राजदूत तइयोङ्गलाई आग्रह गरे ।

सरकारले वैदेशिक लगानी आकर्षित गर्न विद्यमान केहि कानुनहरूमा संशोधन समेत गरिसकेको प्रसंग जोड्दै अग्रवालले नेपाल लगानीका लागि राम्रो गन्तब्य रहेको बताए ।

दक्षिण कोरिया नेपाली श्रमिकका लागि आकर्षक गन्तब्य बन्दै गईरहेको बताउँदै नेपाली श्रमिकहरूले कोरीयामा सिकेको शिप नेपालमा उद्यमशिलताका साथै समग्र आर्थिक विकासमा सहयोगि बन्ने विश्वास व्यक्त गरे । उनले सिप विकासका क्षेत्रहरूमा समेत लगानी गर्न आग्रह गरे ।

परिसंघले आगामी सेप्टेम्बरमा आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन २०२४ मा कोरीयाबाट उल्लेख्य लगानीकर्ताहरूको सहभागिताका लागि राजदूत तइयोङ्गसंग आग्रह गरे ।

राजदूत पार्क टेइ योङ्गले परिसंघले संचालन गरेको ‘मेक ईन नेपाल –  स्वदेशी अभियान’को प्रशंसा गर्दै यस्ता अभियानहरूले मुलुकको उत्पादन, उत्पादकत्व तथा रोजगारी प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनमा उल्लेख्य योगदान पुर्‍याउने वताए ।

राजदूत तइयोङ्गले कोरीयाको श्रम बजारमा उल्लेख्य उपस्थिति रहेको वताउँदै नेपालीहरू मेहनती तथा ईमान्दार रहेको जानकारी दिए ।

उनले मुलुकमा उत्पादन हुने वस्तु तथा सो वस्तु उत्पादन हुन प्रयोग हुने कच्चा पदार्थ र अर्ध तयारी वस्तुहरूमा भन्सार दरमा भिन्नता हुनु पर्ने विचार व्यक्त गरे । नेपालको आर्थिक विकासमा आवश्यक सहयोग पुग्ने विषयहरूमा दक्षिण कोरीया सदैव सकारात्मक रहेको समेत बताए ।

छलफलमा परिसंघका पुर्व अध्यक्ष सतिसकुमार मोर, उपाध्यक्ष निर्वाण चौधरी, राजबहादुर शाह तथा रोहित गुप्ता, पदाधिकारी समिति सदस्य छाँया शर्मा तथा महानिर्देशक डा. घनश्याम ओझालगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ