वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनै सुनले भरीएको मन्त्रीपरिषद्

अर्थटुडे
२०८१ जेष्ठ ९, बुधबार

काठमाडौ । पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वको सरकारका मन्त्रीहरु सुनै सुनले भरीएका पाइएको छ । प्रचण्डको मन्त्रीपरिषद्मा रहेका अधिकांश मन्त्रीहरुसँग २० तोला भन्दा बढी सुन देखिन्छ ।

सवैभन्दा बढी सुन राख्ने मन्त्रीमा वन तथा वातावरण मन्त्री नवलकिशोर शाह सुडीसँग रहेको देखिन्छ । उनी र उनको परिवारसँग १५७ किलो सुन रहेको उनैले प्रधानमन्त्री कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र सहरी विकास मन्त्री धनबहादुर बुढासँग १५० तोला सुन रहेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेसँग ८०, महिला बालबाालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग ७५, उपप्रधान एवं भौतिक पुर्वाधार एवं यातायात मन्त्री रघुविर महासेठसँग ४३ तोला सुन छ ।

त्यस्तै अर्थमन्त्री वर्षमान पुन र उपप्रधान एवं परराष्ट्रमन्त्री नाारायण्काजी श्रेष्ठसँग भने सुन छैन । उनीहरुले बुझाको सम्पत्ति विवरण अनुसार उनीहरुसँग आफ्नै थातथलोमा भने केही पैतृक जग्गा मात्र रहेको देखिन्छ ।

खुद प्रधानमन्त्री प्रचण्डसँग भने जम्मा ५ तोला सुन मात्र देखिन्छ त्यस्तै संचरमन्त्री रेखा शर्मासँग ६, खानेपानीमन्त्री अशोक कुमार राईसँग १०, कृषिमन्त्री ज्वालाकुमारी साहसँग १०, उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीसँगा ६, कानुनमन्त्री पदम गिरीसँँग २३, सहकारीमन्त्री बलराम अधिकारीसँग १० तोला सुन रहेको छ ।

त्यस्तै संघीय मामिला तथा प्रशाासन मन्त्री भानुभक्त जोशीसँग ३२, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग १५, उर्जामन्त्री शक्ति बस्नेतसँग ५, शिक्षामन्त्री सुमना श्रेष्ठसँग ११, रक्षा मन्त्री हरी उप्रतीसँग २५ र पर्यटनमन्त्री हितबहादुर तामाङसँग ६ तोला सुन रहेको उनीहरुले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । स्वस्थ तथा जनसंख्या मन्त्री प्रदिप यादव र स्वास्थ तथा जनसंख्या राज्यमन्त्री हसिन खनले भने सम्पत्ति विवरण बुझाएका छैनन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ